|

जुम्ला : नगरपालिकाको लापरबाहीका कारण धानखेती नष्ट भएको भन्दै किसानले गुनासाे गरेका छन्। जिल्लाका किसानसँग नसोधी चन्दनाथ नगरपालिकाले उठाएको फोहोर धानखेती नजिकै 'डम्पिङ साइट' बनाएपछि त्यसकाे असरले खेती नष्ट भएको कृषकको गुनासो छ।

डम्पिङ साइटनजिकैको खेतीमा कुकुरले काली मार्सी धान सखाप पारेको वडानम्वर ५ की किसान बिन्दा घर्तिले बताइन्। चन्दननाथ नगरपालिका ४ र ५ किसानका पाक्न लागेका धान सखाप भएपछि मर्कामा परेका छन्।

खेतीनजिकै डम्पिङ साइट हुँदा कुकुरले हाम्रो धान खेती नष्ट बनाएको बनाएको अर्का किसान जनक रोकायाले बताए। उनले डम्पिङ साइटका कारण तीन वर्षदेखि धान भित्र्याउन नपाएको गुनासो गरे भने, '३ वर्ष भयो। डम्पिङ साइट बनाएदेखि प्रत्येक वर्ष हामीले धान राम्रोसँग भित्र्याउन पाएका छैनौँ।'

'चन्दनाथ नगर पालिकाले करिब २५ लाख खर्च गरेर जिउलोको बीचमा डम्पिङ साइट बनाउँदा हामी किसान मारमा परेका छाैँ' किसान रोकायाले भने,'यो नगरपालिकाको लापरबाहीले हो। हाम्रो धान बाली नष्ट भएको छ।' उनले भने, 'यसरी वर्षैबिच्छे हाम्रो बाली कुकुरले सखाप पार्ने गरेकाे छ। कुकुरले टोक्ने डरले किसान खेतमा जाना पनि डराउँछन्। नगरपालिकाले फालेको फोहर गनाएर हामीलाई हैरान बनाएको छ।' 

'डम्पिङ साइटमा कुकुर फोहोर खाना जान्छन्। अनि खेतीमै गएर लडछन्। त्यही भएर हाम्रो बाली सखाप हुने गरेको छ' अर्का किसान मिनबहादुर रोेकायाले भने। चन्दननाथ नगरपालिका ४ र ५ भित्र रहेका किसान जनक रोकाया, मिनबहादुर रोेकाया, वविता सिहं कठायत, गणेश घर्ती, बिन्दा घर्ती दिलबहादुर रोकायालगायतका किसानले लगाएको धानबाली क्षति भएको गुनासो गरेका हुन्। उनीहरूले आफूहरूले लगाएको धानबालीको नगरपालिकाले क्षतिपूर्ति दिनु पर्ने, डम्पिङ साइट अन्यत्रै सार्नु पर्ने पनि माग गरेका छन्।

यता, नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ५ का अध्यक्ष अर्जुन सिंह बठायतले भने, 'किसानसँग डम्फिङ साइटका विषयमा विवाद हुँदा अहिले फोहोर उठाउँने काम पनि रोकिएकाे छ। किसानसँगकाे सहमति गरेर भोलिदेखि फोहोर उठाइने छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.