|
फोटो : एजेन्सी

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड जारी सिजन आफ्नो फर्ममा आउन प्रयासरत छ। तर, उसको उक्त अपेक्षा भने पूरा हुन सेकको छैन्। जसका कारण युनाइटेड युरोपा लिग फुटबलमा पनि उत्कृष्ट प्रदर्शन गर्न असफल भएको छ। युनाइटेड बिहीबार भएको युरोपा लिगको खेलमा डच क्लब अलकमार जानस्ट्रिकसँग निरासाजनक बराबरीको सिकार भयो।

युनाइटेड पछिल्ला १० अवे खेलमा जित निकाल्न असफल भयो। जुन १९८९ पछिको पहिलो हो। उक्त समयमा ११ खेलमा युनाइटेड जितविहीन रहेको थियो। समूह 'एल' अन्तर्गतको खेलमा युनाइटेडले डच क्लब अलकमार जानस्ट्रिकसँग गोलरहित बराबरी खेल्दै अंक बाँडन बाध्य भयो।

बराबरीको नतिजापछि युनाइटेडका प्रशिक्षक आले गुनार सोल्सायरले टिम खराब प्रदर्शनको सिकार भएको बताए। बराबरीमा रोकिएपछि सोल्सायरले आर्टिफिसियल टर्फ र रेफ्रिको निर्णयमा पनि असन्तुष्टि जनाए।

घरेलु टोली अलकमारले राम्रो प्रदर्शन गरेको थियो। तर, फरवार्ड मायरोन बोआडुको गोललाई रेफ्रीले अफसाइड दिएपछि घरेलु टोली अग्रता लिनबाट चुकेको थियो। वैकल्पिक खेलाडी लिङगार्ड चोट बोक्दै मैदान छाडेपछि युनाइटेडले १० खेलाडीमा सीमित रहेर खेलको अन्त्य गरेको थियो।

युनाइटेड पछिल्ला चार खेलमा जित निकाल्न असफल छ। बराबरीको नतिजासँगै युनाइटेड २ खेलबाट ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। अलकमार २ अंकसहित तालिकाको तेस्रो स्थानमा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.