|

जनकपुरधाम : नलकटुवा पेस्तोलसहित धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको परिकौली घर भएका २० वर्षीय आनन्द पाठक रहेका छन्।

विशेष सुरक्षा योजनाअन्तर्गत चेकजाँचका क्रममा जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियाबाट पाठकलाई एक थान नलकटुवा पेस्तोलसहित पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए। उनले पाठकमाथि आवश्यक अनुसन्धान भइरहेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.