|

नेपाली क्रिकेट टोलीले भोलिदेखि ओमानमा सुरु हुने टी-ट्वेन्टी क्रिकेट सिरिजका लागि अभ्यास गरेको छ।

ओमानमा रहेको नेपाली टोलीले यो सिरिजमा पर्सी हङकङसँग आफ्नो पहिलो खेल खेल्नेछ। प्रतियोगिताको पूर्वसन्ध्यामा नेपाली टोलीले खेल हुने मैदानमा सामान्य अभ्यास गरेको नेपाली क्रिकेट टोलीका व्यवस्थापक एवं प्राविधिक विश्लेषक रमन सिवाकोटीले जानकारी दिएका छन्। यसअघि नेपाली टोलीले सिंगापुरमा त्रिकोणात्मक टी-ट्वेन्टी सिरlज खेलेको थियो।

नेपाली टोली सिंगापुरबाटै ओमान पुगेको हो। पाँच टोली सहभागी सिरिजको पहिलो दिन भोलि आयोजक ओमान र हङकङ भिड्दा भोलि नै आयरल्याण्डले नेदरल्याण्ड्ससँग खेल्नेछ। नेपालले पहिलो खेलमा आइतबार हङकङसँग, दोस्रो खेलमा सोमबार नेदरल्याण्ड्ससँग तेस्रो खेलमा बुधबार आयरल्याण्ड्सँग र चौथो खेलमा बिहीबार ओमानसँग खेल्नेछ। 

नेपाली टाेलीकाे अभ्यास फाेटाेमा


फाेटाे : रमन शिवाकाेटी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.