|
फाइल फोटो

मुगु : हिमाली जिल्ला मुगुमा स्वास्थ्य परीक्षण नगरी मासु जन्य पशु पंक्षी खरीद बिक्री भइरहेका छन्। दशैं नजिकिए सँगै मासुको प्रयोजनका लागि खरीद बिक्री हुने  पशु पंक्षीको स्वास्थ्य परीक्षण गरिनुपर्ने भए पनि मुगु जिल्लामा त्यसो नगरिएको पाइएको छ। 

जिल्ला सदरमुकाम क्षेत्रहरुमा स्वास्थ्य परिक्षण नगरी खसी बोका समेत बिक्री बितरण भईरहेका छन् । दशैको समयमा बाहिरी जिल्ला बाट तथा ग्रामिण क्षेत्रवाट सदरमुकाम क्षेत्रमा ल्याइएका खसी बोका स्वास्थ्य परिक्षण नगरी बिक्री हुँदा उपभोक्क्ता मर्कामा परेका छन्। यसका लागी सम्बन्धित निकायले कुनै प्रकारको चासो नदेखाउँदा समस्या भएको उपभोक्क्ताको अनुमान रहेको छ। 

अन्य जिल्ला बाट दशैंको लागी बिक्रीका गर्न ल्याइएका खसी बोकाको स्वास्थ्य परीक्षण नगरिएको पशु अस्पताल तथा पशु सेवा कार्यलय मुगुका प्रमुख भिमचन्द्र बुढाले बताए। उनका अनुसार तत्काल दशैंमा बिक्रीका लागि ल्याइएका पशु वस्तुको स्वास्थ्य परीक्षण नगरिएको स्वीकार गर्दै त्यस्तो महामारी फैलिए तथा खसी बोकामा जटिल समस्यादेखि स्वास्थ्य परीक्षण गरिने बताए। त्यस्तो छैन त्यसैले बिक्रीका लागि जिल्लाभित्र ल्याइएका खसी बोकाको हालसम्म स्वास्थ्य परीक्षण नगरेको पशु सेवा कार्यालयले जनाएको छ। 

दशैंको समयमा मासुको अत्याधिक माग हुने भएकाले रोगी पशु पंक्षीको मासु बिक्री हुनसक्ने भन्दै स्वास्थ्य परीक्षण गरेर मात्रै बिक्री वितरण गर्नु  पर्ने नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्लले बताए। 

बाहिरी जिल्लाहरूबाट आयात हुने खसी बोकाको स्वास्थ्य परीक्षण नगरेको खण्डमा जिल्लामा पालनका लागि राखिएका खसी बोकामा समेत बिभिन्न किसिमका रोगको सम्भावना भएकाले यसमा कार्यालयले ख्याल गर्नुपर्नेमा कृषकको जोड रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.