|

काठमाडौं : सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबका ३३ जना खेलाडी एपीएफ प्लेयर अफ दी इअर २०७३ बाट सम्मानित भएका छन्। आइतबार आयोजित सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हलचोकमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले खेलाडीहरुलाई अवार्ड प्रदान गरेका हुन्। 

उनले खेलाडीले शिर उचो बनाएकाले खेलाडीहरुलाई सम्मान गरिएको बताए। उनले भने ‘हाम्रो खेलाडीले मेहनतका साथ खेलेका छन् र संगठन र देशका लागि योगदान दिएका छन् ।’

२०६१ साल बैशाख ३१ गते स्थापना भएको क्लबले अहिलेसम्म बिभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितमा ४२ स्वर्ण, ३० रजत र २७ कास्य पदक प्राप्त गरिसकेको छ। यसैगरी राष्ट्रिय स्तरमा सात सय १४ स्वर्ण, पाँच सय ८३ रजत र पाँच सय ७९ कास्य गरी एक हजार नौ सय ७५ पदक हासिल गरिसकेको छ।

को को खेलाडीले पाए अवार्ड 

मोस्ट भ्यालुएवल प्लेयर
सुनिल लामा – कराँते
सरस्वती राना र पूर्णबहादुर लामा – बक्सिङ
सरस्वती चौधरी – भलिबल
रन्जन विष्ट र अन्जन विष्ट – फुटबल

उत्कृष्ट प्रशिक्षक
दीपक श्रेष्ठ – कराँते 

एपीएफ प्लेयर अफ दी इअर
मिलन राई – पुरुष फुटबल
अनिता बस्नेत – महिला फुटबल
महेन्द्र श्रेष्ठ – पुरुष भलिबल
विनिता बुढाथोकी – महिला भलिबल
विशाल प्रधान – पुरुष ब्याडमिन्टन
शिक्षा श्रेष्ठ –महिला ब्याडमिन्टन
बसन्त रेग्मी – पुरुष क्रिकेट
करुणा भण्डारी – महिला क्रिकेट
मनोज ठगुन्ना – पुरुष ह्याण्डबल
उमा राई – महिला ह्याण्डबल
पुरन राई – पुरुष बक्सिङ
माला राई – महिला बक्सिङ
विजय लामा – पुरुष कराँते
अनु अधिकारी – महिला कराँते
भरत बोहरा – पुरुष तेक्वान्दो
अप्सरा कार्की – महिला तेक्वान्दो
मंगलप्रसाद थारु – पुरुष उसु
सुस्मिता तामाङ – महिला उसु
गोविन्द पार्की – पुरुष एथलेटिक्स
कान्छीमाया कोजु – महिला एथलेटिक्स
शिवसुन्दर गोठे – पुरुष टेबुलटेनिस
सेलिखा खड्की – महिला टेबुलटेनिस
श्यामकृष्ण श्रेष्ठ – आईटिएफ तेक्वान्दो
देविका खड्का – जुडो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.