|
फाइल फोटो

काठमाडौं : स्वास्थ्य सेवाका समायोजनमा परेका कर्मचारीमध्यै पाँच हजारले असन्तुष्टि जनाएका छन्।

समायोजनमा गुनासो गर्ने कर्मचारीको संख्या पाँचहजारको हाराहारीमा पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन भई पदस्थापनापत्र पाइसकेका कर्मचारीलाई कुनै गुनासो भए प्रमाण र कारणसहित निवेदन दर्ता गराउन शुक्रबारसम्मको समयसीमा निर्धारण गरेको थियो।

शुक्रबार ३ बजेसम्ममा करीब चार हजार ९०० ले मन्त्रालयमा निवेदन दर्ता गराएका मन्त्रालयले जनाएको छ।

मन्त्रालयले पछिल्लोपटक असोज ९ गते सूचना जारी गरी पदस्थापना पाइसकेका कर्मचारीलाई समायोजनसम्बन्धी कुनै गुनासो भएमा निवेदन दिन भनेको थियो। गुनासो गर्नेमा स्वास्थ्य सेवाका तल्लो निकाय स्थानीय तहमा कार्यरत अनमी र अहेवले वढी भएको बताइएको छ।

निवेदनको दशैंपछि अध्ययन, विश्लेषण गरी पर्याप्त कारण र आधार भएमा समायोजन संशोधन गर्ने मन्त्रालयले जनाएको छ। अनमी र अहेवको समायोजनसंगै स्वास्थ्य सेवाका सबै समायोजन प्रक्रिया सकिने मन्त्रालयका जनस्वास्थ्य प्रमुख शम्भु काफ्लेले जानकारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.