|
फोटो सौजन्य : योगेश चाम्लिङ राई

इलाम :  गत डिसेम्बरमा भारतको गोवामा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा पदक जित्ने इलामका खेलाडीहरुलाई सम्मान गरिएको छ। बहुवन डोजो इरौटार र सितोरियो कराँते जिल्ला शाखाले संयुक्त रुपमा समारोहको आयोजना गरी ६ जना खेलाडीलाई प्रति खेलाडी ६/६ हजार नगद सहित सम्मान गरिएको अन्तर्राष्ट्रिय रेफ्री योगेश चाम्लिङ राईले जानकारी दिए।

खेलाडीहरुको सम्मानको लागि पूर्व कराँते खेलाडी अन्जना सुब्बाले ३० हजार र अभिभावक बाघसिंह तामाङले नगद ६ हजार रुपैयाँ सहयोग गरेका थिए। सोही समारोहमा राष्ट्रिय निर्णायक विर्ख सुब्बा र अन्जना सुब्बालाई समेत सम्मान गरिएको थियो। डिसेम्बर ९ देखि ११ सम्म गोवामा भएको कराँतेमा इलामबाट सहभागी ६ जना खेलाडीहरुले नेपालका लागी ६ स्वर्ण र २ रजत पदक दिलाएका थिए।

सितोरियो कराँते जिल्ला शाखा इलामको आयोजनामा फेब्रुअरीको पहिलो साताबाट सूर्योदय नगरपालिकामा हुने इन्डो–नेपाल कराँते च्याम्पियनसिपको तयारी भइरहेको रेफ्री चाम्लिङले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.