दशैं अर्थतन्त्र: रकम शहरबाट गाउँतर्फ

|

काठमाडौं : केही दिनदेखि दशैं मनाउन घर जानेहरुको लर्को लागेसँगै शहर सुनसान बन्न थालेको छ।  शहर, बजार रित्तदै (चाप घट्दै) गएको छ। गाउँ भने  भरिँदै (चाप बढ्दै) गएको छन्।

दशैं-तिहार नेपालको शहरबाट गाउँमा मात्रै हैन विदेशबाट पनि यही समयको मौका समाएर विदेशबाट पनि नेपाल आउने गर्छ। भारतबाट त लाखौँको संख्यामा यो समयमा घर फर्कने गरेका हुन्छन्। मजदुरी, रोजगारी र अध्ययनका लागि जिल्लाबाहिर गएका पनि फर्किंदै छन् । 

रेमिट्यान्स, तलबलगायत शीर्षकमा यस समयमा २० देखि ३० अर्ब रुपैयाँ बैंकिङ च्यानलबाट बाहिरिने गरेको राष्ट्र बैंकका अधिकारीहरू बताउछन्। महालेखा नियन्त्रकको कार्यालयका अनुसार दशैंलगायत चाडपर्वमा सरकारी कर्मचारी (निजामति, सेना र प्रहरी) ले मात्र करिब साढे सात अर्ब रुपैयाँको पेश्की बुझ्छन्। 

सरकारी कार्यालयहरुले भने अतिरिक्त तलबको पूरा एक महिनाको तलब भत्तास्वरुप दिने चलन छ । वैदेशिक रोजगारीमा जानेको संख्या पनि उच्च छ । निजी कर्मचारीले यो भन्दा धेरै परिणाममा पेश्‍की बुझेका हुन्छन्। यसको ५० प्रतिशत भन्दा बढी उपभोग मै खर्च हुने अर्थविद् डा. चन्द्रमणि अधिकारी बताउछन्। 

देश बाहिरका नेपालीले दशैं तिहारकै लागि असोज र कात्तिकमा मात्रै मात्रै साढे दुई खर्ब बढीको रुपैयाँ रेमिट्यान्स पठाउने विगतको तथ्यांकले देखाउछ। साउनमा मात्रै ७५ अर्ब रुपैयाँको रेमिट्यान्स आएकोमा दशैं तिहारमा २५ देखि ३० प्रतिशत बढी आप्रवाहा हुने गरेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरिञ्‍जीवी नेपालले दशैंमा धेरै पैसा छरिने भएको कारण बच्चाहुरुलाई समेत बचतको महत्व सिकाउनु पर्ने बताउछन्। 'उपभोग व्यक्तिको अधिकारी हो, तर केही बचत गर्न सकियो भने व्यक्तिलाई मात्रै नभइ राष्ट्रलाई पनि फाइदा पुग्छ' नेपालले भने।

रेमिट्यान्स कम्पनीहरु पनि यसलाई अवसरकै रुपमा सदुपयोग गर्छन् । रेमिट्यान्स पठाउने वा उसका परिवारका लागि आकर्षक उपहार योजनाहरु ल्याउँछन् ।

दशैं तिहारजस्ता चाडपर्वले ग्रामीण उत्पादन र शहरको पूँजीबीच सेतुको काम गर्ने अर्थविद् डा. अधिकारी बताउछन्। आयको वितरणमा पनि माध्यम बन्छन्, यस्ता अवसर । र, यो समय हुने रेमिट्यान्सको प्रवाहको कारण ग्रामीण अर्थतन्त्र उकासिने हुँदा यसका सकारात्मक प्रभाव पनि परेहो हुन्छ। साथै अवैधानिक रकम पनि छरिने कतिपषयको विश्‍लेषण रहेको छ। 

आर्थिक वर्षको अन्तिम महिना असार पछि बैंकहरूबाट सबैभन्दा बढी भुक्तानी हुने महिनाको हो दशैंको महिना उपभोग्य सामानको बिक्रीदर मात्रै २५ देखि ३० प्रतिशतसम्म बढी हुन गरेको विज्ञहरूले बताउने गरेका छन्।

अन्तर्राष्ट्रिय व्यापार मात्रै अघिल्लो महिनाको तुलनामा २३ अर्ब रुवैयाँले बढी भएको छ। यो भदौमा आएको दशैं केन्द्रित व्यापारले बढी देखिएको भन्सार विभागले जनाएको छ। यो भन्दा ठूलो परिणाममा असोजनामा आउन सक्ने विभागको भनाई छ। असोज तेस्रो हप्ता दशैंक भएकोक ारण धेरै व्यापारीले असोज पहिलो साता तिर सामान हालेका छन्। साथै तिहारको सामान पनि असौजमा नै आउने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.