नेपालसहित पाँच देश सहभागि टी–२० सिरिज शनिबारबाट सुरु हँदैछ। नेपालले विश्वकप छनोटको तयारीमा रहेका देशहरूसँग प्रतिष्पर्धा गर्दैछ।
ओमानमा पुग्नुअघि नेपालले सिंगापुरमा त्रीकोणात्मक सिरिज खेलेको थियो। जहाँ नेपालले आयोजक सिंगापुरविरुद्ध एक खेल जितेको थियो। सिरिज भने जिम्बाब्वेले जितेको थियो।
नेपालले ओमानमा शुक्रबार सिरिजको अन्तिम तयारीस्वरूप अभ्यास गरेको छ। ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।
नेपालले पहिलो खेल हङकङसँग १९ असोज (भोली) खेल्नेछ। यस्तै, दोस्रो खेलमा नेदरल्याण्डसँग २० असोज, तेस्रो खेलमा आयरल्याण्डसँग २२ असोज र अन्तिम खेलमा नेपालले ओमानसँग २३ असोजमा प्रतिष्पर्धा गर्नेछ।
युएईमा आयोजना हुने आइसिसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि ओमानले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो। नेपाल ग्लोबल छनोटमा नपुगे पनि ओमानले आमन्त्रण गरिसकेको कारण नेपालले सहभागिता जनाउन लागेको हो।
सिरिजको पहिलो दिन शनिबार (आज) घरेलु टोली ओमन र हङकङ तथा आयरल्याण्ड र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।