|

जनकपुर : चोरीलगायतका अपराध नियन्त्रण गर्ने प्रहरीको काम हो । तर, धनुषाका एक प्रहरी अधिकारी चोरीमा नै संलग्न भएको रहस्य खुलेको हो । चोरीमा संलग्न इलाका प्रहरी कार्यालय ढल्केबरका इन्चार्ज तथा प्रहरी निरीक्षक अवधकिशोर ओझामाथि कारबाही प्रक्रिया अगाडी बढाइएको छ ।

एस्काभेटरको पार्टपूर्जा चोरी गरेको भन्दै उजुरी परेपछि प्रहरी निरीक्षक ओझामाथि कारबाही प्रक्रिया अगाडी बढाएको प्रदेश २ प्रहरी प्रमुख डिआइजी प्रधुम्‍न कार्कीले जानकारी दिए। उनले भने, ‘‘प्रहरी निरीक्षक ओझालाई तानेर अर्काे प्रहरी निरीक्षकलाई पठाइसकिएको छ। उनमाथि कारबाही सुरु भएको छ।’ 

वनमा क्षति पुर्‍याएको भन्दै वन कर्मचारीले मिथिला नगरपालिकाका जनुलाल महतोको एक्साभेटर समातेर ढल्केबर प्रहरीको जिम्मा लगाएको थियो। उक्त स्काभेटरको पार्टपूर्जा प्रहरी निरीक्षक ओझाले नै चोरी गरी बेचेको आरोप लागेको छ। 

उनले स्काभेटरको करिब ६ लाखको पार्टपूर्जा चोरेर बेचेको घटनाको छानविनका लागि गठित तीन सदस्यीय टोलीले प्रतिवेदन प्रहरी प्रमुख डिआइजी कार्कीलाई बुझाएको छ। प्रतिवेदनमा स्काभेटरको पार्टपुर्जा प्रहरी निरीक्षक ओझाले नै चोरी गरी बेचेको उल्लेख छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.