|

म्याग्दै : दशैं लागेसँगै मुस्ताङ्‍गी च्याङ्ग्राको मूल्य बढेको छ।  बेनी बजारमा ३४ हजारमा पाइने मुस्ताङ्गी च्याङ्ग्राको मूल्य बढेर अहिले ३८ हजार दिदा पनि नपाएको क्रेताको गुनासो छ। 

च्याङ्ग्राको मूल्य मंहगो भएपछि उपभोक्ताहरु चेली,भेडा वा स्थानीय खसी बोकाको खोजीमा लागेका छन्।  नेपालीको महानपर्व दशैंलाई लक्षित गरी काठमाण्डौका ब्यवसायी पशुपती सिलवाल उपल्लो मुस्ताङ घमी गाउँमै पुगेर भेडाच्याङ्ग्रा ल्याएर फर्किएका छन्। 

दशक अगाडीदेखि भेडाच्याङ्ग्रा ब्यवसायमा सक्रिय रहेका सिलवालले हरेकबर्ष भेडापालक किसानको गोठमै पुगेर खरिद गर्दा विगतभन्दा यस वर्ष करिव दुई हजार महंगो हाल्नु परेको बताए।

गोठमै च्याङग्रालाई १८ देखि २४ हजारसम्म खरिद गरेको सिलबालले बताए। गत वर्ष २२ देखि ३० हजार रुपैयाँसम्म बिक्री भएको भेडाच्याङग्रालाई व्यापारीले किसानबाट १७ हजार देखि २२ हजार रुपैयाँसम्ममा खरिद गरेको थिए। मुस्ताङका विभिन्न गाउँपालिका साथै डोल्पा, मुगु, जुम्लाका साथै छिमेकी देश चिनको तिब्वतस्थित झोङवासेन जिल्लाबाट समेत नेपाली बजारमा भेडाच्याङ्ग्रा आउने गरेका छन्।

यसबर्ष मुस्ताङबाट ३० हजारभन्दा बढी भेडा च्याङ्ग्रा बेनीहुँदै बाहिरीएको अनुमान गरिएको जिल्ला टाफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। दशैंमा मात्रै म्याग्दीबाट समेत १ करोडको बिक्री हुने गरेको छ भने मुस्ताङबाट ३५ करोडको हाराहारीमा कारोबार हुन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.