|

बागलुङ: नवदुर्गाको सातौँ दिन शनिवार बागलुङका शक्ति पिठहरुमा भक्तजनहरुको भीड लागेको छ। दशैंका लागि विदा सुरुभएसँगै बागलुङ कालिका भगवतीको मन्दिर, वलेवा कालभैरव मन्दिर र पश्चिम थन्थापीमाईको मन्दिरमा भक्तजनहरुको भीड देखपएको छ।

नवदुर्गा लागेपनि सरकारी तथा सार्वजनिक निकाय र विद्यालयहरुसमेत सञ्चालनमा रहेकाले शुक्रबार सम्म कम देखिएको भक्तजनको उपस्थिती शनिवार बढेको बागलुङ कालिका भगवती गूठि व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए। 

सधैंजसो भिडभाडनै रहने बागलुङ कालिका मन्दिरमा चैत्राष्ठमीको दुर्गा र बडा दशैंको दुर्गाको समयमा विषेश भीड लाग्ने गर्छ। यहाँ धौलागिरी अञ्चलसँगै पोखरा, काठमाडौं, स्याङ्जा, बुटवल, चितवन लयायत देशका विभिन्न ठाउँबाट भगवतीको दर्शनका लागि भक्तजनहरु आएको खड्का जानकारी दिए।

वडा दशैंमा वैदेशिक रोजगारको लागि विदेश गएकासमेत दशैंमा घर फर्कने र दुर्गाको समयमा कालिकाको दर्शन गर्न आउने भएकाले भीड थप बढ्ने गरेको उनले बताए। आफ्नो मनोकामना पुरा हुने विश्वासमा विभिन्न स्थानबाट भाकल गर्ने भक्तजनले कुखुरा, राँगा, बोका, परेवा आदि बलि चढाउने गर्छन्।

नवदुर्गा शुरु भएपछि मन्दिरमा भक्तजनहरुले भाकल गरेका बोका, हाँस र कुखुराका बलि चढाउने क्रमसमेत बढेको मन्दिर व्यवस्थापनले जनाएको छ। भक्तजनको सुविधा तथा शान्ति सुरक्षाका लागि समितिले प्रहरी तथा स्वयंसेवक परिचालन गरेको छ। 

बलेवा काल भैरव मन्दिरमा पनि भक्तजनहरुको भीड लागेको छ। बर्षा र हिलाम्मे सडकको सामना गर्दै मन्दिरमा आउने भक्तजनको संख्यामा उल्लेख्य वृद्धि भएको मन्दिर व्यवस्थापन समितिका सचिव गुरुदत्त पाठकले बताए।पश्चिम थन्थापी माईको मन्दिरमा पनि भक्तजन पुगेका छन्। अरु समयमा सुनशान जस्तै रहने यो मन्दिरमा दशैं र चैते दशैंको समयमा पुजा आजा र भक्तजनको उपस्थिती बाक्लो हुने गरेको छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.