|

विराटनगर : नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो पार्टी नेकपा एमालेमाथि देशभित्र र बाहिरबाटै चौतर्फी हमला भइरहेको गुनासो गरेका छन्। मोरङमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेलाई संसदमा मात्रै नभएर संसद बाहिर पनि देशी विदेशी शक्तिले घेराबन्दी गरेको बताएका हुन्।

‘देश चुनावमा जाँदैछ, स्थानीय तह, प्रदेश र केन्द्रीय संघीय संसदको निर्वाचन पनि हुनेगरी देश अघि बढेको अवस्थामा हामीमाथि चौतर्फी आक्रमण भइरहेको छ,’ भट्टराईले भने, ‘हामी अहिले एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन, आउँदो निर्वाचनमा १ नम्बर पार्टी बनाउने अभियानलाई सफल बनाउन जरुरी छ।’

अहिले देशका तीन ठूला दलहरुबीच साझा सहमति गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै भट्टराईले २०७२ जेठ २५ गते भएको १६ बुँदे सहमतिलाई आधार बनाएर पुनः सहमति गर्नुपर्ने बताए। ‘संविधान कार्यान्वयनका लागि राष्ट्रिय शक्तिको सामूहिक पहल आवश्यक छ,’ उनले भने, ‘तीन शक्तिले साझा धारणा बनाएर, मधेशवादी दललाई पनि समेटेर अघि बढ्नु आवश्यक छ।’

प्रदेशको सीमा हेरफेर गर्ने अधिकार वर्तमान संसदलाई नभएको दाबी गर्दै भट्टराईले सीमा हेरफेर बाहेकको विषयलाई भने संसदले छलफलको विषय बनाउन सक्ने बताए। गत शुक्रबार एमालेले गरेको काठमाडौंको शक्ति प्रदर्शन मेघ गर्जन भएको बताउँदै भट्टराईले सरकारले यसको भाषा बुझ्नुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.