|

बाग्लुङ्:   ढोरपाटन शिकार आरक्षमा शिकार गर्न खुला भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार यस याममा सात नाउर र पाँच झारलको शिकार गरिनेछ ।

विभागले अघिल्लो महिना शिकारका लागि पेशेवर शिकारी अनुज्ञापत्र प्राप्त कम्पनीबाट सिलबन्दी दरभाउपत्र आह्वान गरेको थियो । दश नाउर र छ झारलको कोटा रहे पनि शिकारको माग कम आएको विभागले जनाएको छ । शिकार कम्पनीबीच विद्युतीय बोलपत्रमा प्रतिस्पर्धा नभएपछि यसपालि राजश्व दर पनि घटेको छ ।

शिकार कम्पनीले एउटा नाउर शिकारको एक लाख ९० हजार रुपैयाँ राजश्व तिरेको व्यवस्थापन शाखाका सहायक व्यवस्थापक अधिकृत सन्तोष भगतले बताउनुभयो । झारल शिकारको राजश्व त्योभन्दा अझै कम छ ।

अघिल्लो शिकार याम (फागुन–वैशाख)मा एउटा नाउर शिकारको राजश्व  १३ लाख ५१ हजार र झारल शिकारको १३ लाख ५० हजार पुगेको थियो । शिकारको माग बढी हुँदा राजश्वको दर पनि बढ्ने र माग घट्दा राजश्व घट्ने हुन्छ ।

शिकारका लागि रुस, अमेरिका, क्यानाडा, नर्वे, जर्मनीलगायत देशबाट तालिमप्राप्त शिकारी ढोरपाटन आउने गरेका छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.