|
फाइल फोटो

सर्लाही : सर्लाहीको विष्णु गाउँपालिकामा विषालु सर्पले डसेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा विष्णु गाउँपालिका-६, सीमरा टोल बस्ने देवनारायण मण्डलका ६ वर्षीय छोरा अमृतकुमार मण्डल रहेका छन्। बालकलाई खेतमा जाने क्रममा सर्पले डसेको थियो।

उनलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवातर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो। बेलैमा उपचार नपाउँदा बालकको मृत्यु भएको स्थानीयले बताएका छन्। घटनास्थल पुग्न गाडीमा सदरमुकाम मलंगवाबाट आधा घण्टा मात्रै लाग्छ।

सर्लाहीमा जिल्ला अस्पताल मलंगवा, प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा र सर्पदंश उपचार केन्द्र नवलपुरमा सर्पले डसेका बिरामीको उपचार हुँदै आएको छ। यद्यपि विषालु सर्पले डसेपछि समयमै उपचार नपाउँदा यस वर्ष जिल्लाको घारीबथान, हरिवन, बरहथवा, कौडेना, रामनगरलगायतको स्थानमा केही मानिसको मृत्यु भइसकेको छ।

त्यसैगरी, सर्लाही पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका–१, नवलपुर वडा कार्यालय अगाडि बेवारिसे शव फेला परेको छ। अन्दाजी ३५/४० वर्षका तराई मुलको जस्तो देखिने पुरुष शव फेला परेको हो।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाई पहिचान खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरीले कार्यालय सर्लाहीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.