|

 झापा: पूजा अर्चनाका गर्दै शनिवार  फूलपाती भित्राइएको छ । जिल्लाभरिका दुर्गा माताको मन्दिरहरूमा विशेष पूजा अर्चना गर्दै फूलपाती भित्राइएको हो । 
यसैक्रममा सदरमुकाम भद्रपुरमा माता दुर्गा भवानीको विशेष पूजा अर्चनाका फूलपाती भित्राइयो। नेपालीहरूको महान् चाड बडादशैं सुरुसँगै शनिवार सप्तमीको दिन पारेर भद्रपुर–६ स्थित सार्वजनिक दुर्गा मन्दिर समितिले मन्दिरमा परिसरमा आयोजना गरेको विशेष कार्यक्रमका बिच फूलपाती भित्राएका हुन् ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद निरौलाले माता दुर्गा भवानीको पूजा आर्चना गरे।  सोही अवसरमा मन्दिर परिसर भित्रै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा दुर्गा मातालाई सलामी अर्पण गरेका थिए ।

मन्दिरमा पूजाआजा पश्चात् जिल्लास्तरीय प्रहरी, प्रशासन प्रमुख, नगरपालिका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, नागरिक समाज, बालबालिका, आयोजक समिति, लगायतको सहभागितामा बाजागाजासहित निकालिएको र्‍याली भद्रपुर बजार परिक्रममा गर्दै भद्रपुर भन्सार कार्यालयमा पुगेका थिए । 

धार्मिक परम्परा अनुसार भन्सारमा परिसरमा विशेष पूजापाठ प्रमुख सहायक जिल्ला अधिकारी निरौलाले पुनः पूजापाठ, जमरा, होम, बलि तथा बढाइ दिएका थिए । साथै भन्सार परिसरभित्रै नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीले सलामी दिए । सोही अवसरमा नेपाली सेनाले हवाई फाइरिङ गरे सलामी दिएको जनाइएको छ । 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.