|

भारत प्रशासित जम्मु-कश्मीरको अनन्तनाग जिल्लामा बम विस्फोट भएको छ। बम विस्फोटमा प्रहरी र पत्रकारसमेत १० जना घाइते भएको बीबीसीले लेखेको छ।

जम्मु-कश्मीर प्रहरीले सामाजिक संजाल ट्विटर मार्फत चरमपन्थीले अनन्तनागको उपायुक्त कार्यालय बाहिर एक ग्रिनेड बम विस्फोट गरिएको जानकारी दिएको छ।

विस्फोटमा परेर घाइते हुनेको अवस्था सामान्य रहेको बताइएको छ। विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।स्थानीय समयअनुसार शनिबार बिहान करिब ११ बजे सुरक्षाकर्मीको ठूलो संख्या रहेको अवस्थामा बम विस्फोट गरिएको थियो। उक्त बम सडक छेउमा विस्फोट भएको थियो जसको छर्राबाट प्रहरी र पत्रकार घाइते भएका थिए।

भारत सरकारले कश्मीरलाई प्राप्त विशेष अधिकार खोसेपछि २ महिनायता कश्मीर अस्थिर रहेको छ। त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। इन्टरनेट, फोन सेवा पूर्ण अवरुद्ध गरिएको छ भने स्थानीय जनतालाई सार्वजनिक ठाउँमा आउन प्रतिबन्ध लगाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.