|

गुल्मी : दशैंको समयमा गुल्मी कारागारका कैदीबन्दीहरुको स्वास्थ्य जाँच गरिएको छ। नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीले जिल्ला कारागार गुल्मीका कैदीबन्दीको निशुल्क स्वास्थ्य जाँच गरेको हो। 

जिल्ला कारागार गुल्मीमा रहेका ८३ जना कैदी बन्दीको स्वास्थ्य जाँच गरिएको नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीका अध्यक्ष अखिलेश्वर पाण्डेयले जानकारी दिए। तनावपूर्ण अवस्थामा रहेका बन्दीलाई तनावरहित बनाउन र स्वस्थ्य अवस्थामा पनि जानकारी लिनको निम्ति बन्दीको सामुहिक स्वास्थ्य जाँच गरिएको पाण्डेले बताए।

कारागारमा रहेका बन्दीको स्वास्थ्य अवस्था बारे जानकारी लिने र उनीहरूको स्वस्थ्यबारे सबैको चासो छ है भन्ने उद्देश्यले स्वस्थ्य शिबिर राखिएको पाण्डेयले बताए।बन्दीको सामान्य बिरामी हुँदा बाहिर चेकजाँच गर्न निस्कन नमिल्ने भएकाले सामुहिक रुपमा चेकजाँच गरिएको पाण्डेयको दाबी छ।

स्वस्थ्य शिबिरमा गुल्मी अस्पतालका तीन जना बिशेषज्ञ डक्टरहरूसहित ६ जनाले चेक जाँच गरेका थिए। स्वस्थ्य मुटु राख्न नियमित खानापानदेखि योगाको आवश्यकता रहेको बताए। रोग लागेर उपचारतर्फ भन्दा पनि रोग नै लाग्न नदिने गरि सजकता रहन ध्यान दिनुपर्नेमा जोड दिए। 

कारागारमा रहेका कैदीबन्दीको स्वस्थ्य जाँच गर्ने उद्देश्यले राखिएको शिबिरले बन्दीको स्वस्थ्य अवस्था बारे जानकारी लिन सहज हुने बताए। उनले यस्ता कार्यक्रहरू गरेकोमा आयोजकलाई धन्यवाद समेत दिए। 

शिबिरमा जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित बिभिन्न कार्यालयका सुरक्षा नियका प्रमुख, संघ संस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो। कारागारमा केही महिना अघि जिल्ला प्रशासन कार्यालय गुल्मीले योग शिबिर र हाउस वयररिङको तालिम समेत रोखेको थियो। 

२५ जनाको क्षमताको कारागार गुल्मीमा १ जना आश्रित बालिकासहित ३ जना महिला ८० जना पुरुष गरी ८३ जना बस्दै आएका छन्। कारागार गुल्मीमा कैदीबन्दीलाई आत्मा निर्भर बनाउने उद्देश्यले बिभिन्न समयमा तालिम गरिदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.