|

बाँके : पश्चिम नेपालको धार्मिक आस्थाको केन्द्र बागेश्वरी मन्‍दिरमा फूलपाती भित्र्याइएको छ । शक्ति पीठको रुपमा रहेको मन्‍दिरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले फूलपाती भित्र्याएका हुन् । 
हरेक बर्षझैँ यस बर्ष पनि नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले विधिपूर्वक पूजाआजा गरेर बागेश्वरी मन्‍दिरको दशैँ घरमा फूलपाती भित्र्याएको मन्‍दिरका मुल महन्थ चन्द्रनाथ योगीले बताए । फूलपाती भित्र्याउन बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओली, सशस्त्र प्रहरी गण हेडक्वार्टर  ३० का प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारी लगायत मन्‍दिर पुगेका थिए । 

फूलपाती भित्र्याउने क्रममा नेपाली सेनाको टोलीले तोप पड्काउनुका साथै कुपिण्डोको पञ्च बली समेत दिइएको थियो । फूलपाती भित्र्याइएसँगै दशैँ सुरु भएको छ । 
यसैवीच, फूलपातीको अवसरमा बागेश्वरी मन्‍दिरमा पाँच सय बोका, कुखुरा वली दिइएको छ । रातीदेखि लाइनमा बसेका भक्तजनले विहानैदेखि वली चढाएको मुल महन्थ योगीले बताए । उनले आधुनिकतामा प्रवेश गरे पनि वली चढाउने र मन्‍दिरमा पूजापाठ गर्नेको संख्यामा कमी नआएको बताए । फूलपातीको विहानमात्र करिव एक हजार भक्तजनले बागेश्वरी को दर्शन गरेको उनले बताए ।  

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.