|

दाङ : बस र ट्रक ठोक्किँदा भएको दुर्घटनामा परी घाइते भएका बस चालकको उपचारको क्रममा मुत्यु भएको छ।

दाङको राप्ती गाउँपालिका २ बराखुट्टीमा शनिबार विहान पौने तिन बजेतिर बस र ट्रक एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो। दुर्घटनामा परि गम्भीर घाईते भएका बस चालक कैलाली जिल्ला घोडाघोडी नगरपालिका १ निवासी अरूण चौधरीको बुटवल उपचारको क्रममा विहान करिब ९ बजेतिर मृत्यु भएको भालुवाङ ट्राफिक प्रमुख चन्द्र केसीले बताए। दुर्घटनामा परी १२ जना घाइते भएका थिए। 

दुर्घटनामा परी ट्रकका चालक प्युठान जिल्लाको सुरमारानी गाउँपालिका ४ बड्डाँडा निवासी २७ वर्षीय विजय गाहा को दुबै खुट्टा फ्याक्चर भएका छन्। उनको शनिबार विहान ७ बजेपछि मात्रै फलाम काटेर उद्धार गरी  बुटवलमा उपचार भइरहेको प्रहरीले बताएको छ।

पूर्बबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ख ४७९३ नम्वरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना ५ ख ५१८३ नम्बरको बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। अन्य घाइतेहरू सामान्य उपचारपछि घर फर्किसकेको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.