|

बैतडी : गएको ३ दिनदेखि बन्द रहेको नेपाल–भारत सीमा नाका बैतडीको झुलाघाट नाका शनिबार बेलुकादेखि खुलेको छ।  

असोज १६ गतेदेखि बन्द रहेको झुलाघाट नाका शनिबार बेलुका सवा ५ बजेदेखि खुलेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। भारतको उत्तराखण्ड प्रान्त पिथौरागढ जिल्लामा शनिबार जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनको सुरक्षा संवेदनशिलता कारण जनाउँदै असोज १६ गतेदेखि सीमा नाका बन्द गरिएको थियो। 

सीमा खुलेसँगै यसअघि दशैंको लागी घर फर्किरहेका नेपाली पनि नेपाल आएका छन्। यसका साथै चाडपर्वका बेला जिल्ला बिभिन्न स्थानमा हुने जात्रा तथा मेलाका लागी व्यापार व्यवशाय गर्ने व्यापारीलाई पनि नाका खुलेसँगै सामग्री किन्न सहज भएको छ।

बैतडी विभिन्न शक्तिपीठमा लाग्ने मेलामा दर्शनका लागी भारतबाट आउने दर्शनार्थी पनि आएका छन्। यसैबीच यसका साथै अक्टोवर  १६ तारेख (असोज २८ गते) दिन भारतको पिथौरागढ जिल्ला धार्चुला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गरी दार्चुलाको सीमा नाका पनि बन्द हुने भएको छ। उक्त नाका असोज २७ गते साँझ सवा ५ बजेदेखि असोज २९ गते साँझ सवा ५ बजेसम्म  बन्द हुने जनाइएको छ।

सीमा नाका खुलेपछि सवारी साधान गन्तव्यमा जान थाले 

त्यसैगरी शुक्रबारदेखि सवारी साधानका लागि बन्द गरिएको पश्चिमी सीमा नाकाकञ्चनपुर-वनवसा शनिबार साँझ छ बजेदेखि खुलेको छ। सीमा नाका खुलेपछि वनवसा पुल वारि र पारि लाम लागेर बसेका सवारी साधान गन्तव्यमा जान थालेको इलाका प्रहरी कार्यालय गडडाचौकीले जनाएको छ। पैदल यात्रुका लागि भने नाका खुला रहेको थियो। सवारी साधन सञ्चालन नहुँदा दशैं मनाउन भारत बाट फर्कने नेपालीले निकै सास्ती खेप्नु परेको थियो।

पश्चिमी सीमा नाका हुँदै दशैंका लागि भित्रिने नेपालीको संख्या दैनिक झण्डै आठ सयदेखि एक हजारको हाराहारीमा रहने गरेको छ। सवारी साधनले मनोमानी रुपमा भाडा असुल्दै आएको यात्रुको गुनासो रहेको छ। भारतीय कष्टमका कर्मचारीले समेत अनेक बहानमा नेपाली यात्रुबाट पैसा समेत असुल्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.