|

काठमाडौं : हिन्दुहरूको महान चाड दशैं आइसकेको छ। वृद्ध बुबाआमा सम्झाउँछ। घर सम्झाउँछ। दशैँ सम्झाउँछ। पहेँलपुर धानको बाला सम्झाउँछ। यो धून बजेपछि अब हाम्रो घर आँगनमा दशैँ आएको अनुभूत हुन्छ। मन चंगा हुन्छ। मनमा म घर पुगिसकेँ कि भन्ने आभास हुन्छ।

विदेशीयका धेरै युवाहरू देश फर्किएका छन्। रोजगारीको लागि गाउँघर छोडेकाहरू पनि नयाँ खुसी बोकेर घर फर्किएका छन्। हरेक बसपार्क भीडभाड छ। दशैंमा दशैं मनाउन गाउँ फर्कनेको क्रम बढिरहेको छ। दशैं कलाकारहरूमा पनि उत्तिकै लागेको छ। दशैको रौनकता शरहका गल्ली देखी गाउँका पाखापखेरामा दशै गीत घन्किदैछन्। 

आज हामी यहाँ विशुद्ध संगीतकारहरूले दशैंमा के मनाउदैछन्? उनीहरूको यवजना के छन्? भन्ने विषयमा चर्चा गर्दैछौँ।

गैह्रे सुरेश

चर्चित संगीतकार गैह्रे सुरेशले यसपालीको दशैं अमेरिकामा मनाउँदैछन्। सशस्त्र प्रहरीका डिएसपीसमेत रहेका उनी पढाइको सिलसिलामा अमेरिकामा रहेको बताए। उनले मास्टर डिग्री अन कमव्याटिङ टेरिरिज्म : पोलिसि स्टाटेजी विषयमा पढाइ गर्दै छन्। 

उनी भन्छन्, 'दशैंको रौनकता नेपालमा सुरू भइसकेको छ। रौनकता त म मा पनि छ। यसपाली भने अमेरिकामा  नेपाली साथीभाइसँग दशैं मनाउछु।' यसअघिका दशैं भने उनले आफ्नै पल्टनमा मनाउथे। पल्टनबाट छुट्टी भएको खण्डमा आफ्नो घर पाल्पा पुग्थे।

हरि लम्साल

दशैं र तिहारको अवसर पारेर संगीतकार हरि लम्सालले चार पाँच वटा गीत सार्वजनिक गर्दैछन्भने दशैं आयो भन्ने बोलको गीत भने सार्वजनिक गरिसकेका छन्।दशैंमा उनी पनि आफ्नो गृहजिल्ला नवलपरासी फर्किदैछन्। घर जाने आउने क्रम जारी रहेपनि हप्तादिन भन्दा धेरै समय बस्न पाउने दशैंमा मात्र रहेको बताए।आफ्नो सबै कामलाई छोडेर पुर्णरूपले निस्फिक्री रूपमा गाउँ बसाइ गर्ने अवसर दशैं हो उनका लागि।

दशैंको रौनक बाल्यकालमा जति हुन्थ्यो। उमेर सँगसँगै कम हुदैँ जाने उनको बुझाइ छ। भन्छन्, 'घरमा बुढी आमा हुनुहुन्छ। दाजु भाउजु हुनुहुन्छ। उहाँहरूको सामिप्यतामा नै यसपालीको दशैं बिताउने मेरो योजना छ।'

सन्तोष श्रेष्ठ

संगीतकार सन्तोष श्रेष्ठ भने यसपाली आफ्नो जन्मघर दाङ फर्कदै छन्। अन्य समयमा काठमाडौंमा नै रहने उनी दशैं आउने बितिक्कै जन्मघर जाने कुराले रौनकता थपिने बताउछन्।

उनी भन्छन्, 'दशैंको पूर्व सन्ध्यामा गाउँमा विभिन्न साहित्यिक र सांगीतिक कार्यक्राम हुँदै छन्। त्यसमा सहभागी हुन्छु।' दशैंलाई पारिवारिक र आफन्त भेट्ने उत्सवका रूपमा लिन्छन् उनी।

अर्जुन पोखरेल

युवा पुस्ता माझ लोकप्रिय संगीतकारको छवि बनाएका अर्जुन पोखरेल दशैंमा भने आफूलाई अन्य समयमा भन्दा बढी सक्रिय रहने बताए। कतिपय गीतकार तथा गायकगायिकाले दशैंको अवसर पारेर गीत बजारमा सार्वजनिक गर्ने रहर हुने हुनाले उनलाई गीतमा संगीत भर्नमा व्यस्त छन्।

उनी भन्छन्,'पारीवारीक जमघट एकातिर छँदै छ। अर्को तिर संगीत सिर्जना गर्ने कार्यलाई पनि तीव्रता दिनु पर्ने भएकोले दशैंको दुइ दिनअघि मात्र फुर्सद हुन्छ।' चितवन स्थायी घर भएका पोखरेल परिवारसहित पोखरा जाने योजनामा छन्।

राजकुमार बगर

'उडेर जुन छुन्छु भन्थे' का सर्जक राजकुमार बगर यसपाली पनि जन्मघर तनहूँ फर्किदै छैन। दशैंको अवसरमा अनावरत एल्बममा संगीत भरेर बजारमा ल्याएका उनले दशेंलाई रौनकताको अर्को नाम दिन्छन्। 'गाउँ घरतिर धानका बालाले पनि दशैंको स्वागत गर्ने बेला भइसक्यो।

बुबा आमालाई भेट्न पनि दशैं कुर्नुपर्ने हुन्‍छ। साथीसँगी भेट्ने अवसर पनि दशैं नै हो।' दशैंलगत्तै पुन नयाँ गीत संगीत भर्नुपर्ने भएकोले दशैंको समय पूर्णरूपले आराम गरेर सदुपयोग गर्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.