|

हेटौँडा : प्रहरी हुँ भन्दै पैसा उठाउँदै हिँडेका दुई जनालाई मकवानपुरमा प्रहरीले पक्रेको छ। हेटौंडा उपमहानगरपालिका १७ मा राजमार्गमा आवतजावत गर्ने सवारी साधन रोकी आफू प्रहरी भएको बताउँदै पैसा उठाइरहेको अवस्थामा हेटौँडा १७ का राजेन्द्र भुजेल र रवीन्द्र गोलेलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। उनीहरुले प्रहरीको पोशाक लगाएर डरत्रास देखाउँदै सवारी चालकसँग ठगी गरेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.