|
फाइल फाेटाे

काठमाडौं : ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टि-ट्वेन्टी क्रिकेट श्रृंखलामामा नेपालका बलर करण केसीले हङकङ विरुद्ध एक ओभरमा तीन विकेट लिएका छन्। चौथो ओभरमा बलिङ गर्न आएका उनले ४.३,४.५ र ४.६ ओभरमा तीन विकेट लिन सफल भएका हुन्। 

उनले शाहिद वासिफ, निजाकत खान र असन अव्वासीको विकेट लिएका हुन्। आठ ओभर सकिदा नेपालले तीन विकेट लिएर ५६ रन दिएको छ। 

उद्घाटन खेलमा आयोजक ओमानसँग पराजित भएको सिंगापुर पनि प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ । प्रतियोगितामा नेपालसहित ओमान, हङकङ, नेदरल्याण्ड्स र आयरल्याण्ड सहभागी छन् ।

सबै टिमले एक अर्काविरुद्ध खेलेपछि शीर्ष स्थानमा रहने टिमलाई बिजेता घोषित गरिनेछ । नेपालबाहेक चारवटै टिम युएइमा हुने टि ट्वेन्टी विश्वकपको ग्लोबल छनौटको तयारीमा छन् । टि ट्वेन्टी विश्वकप खेल्ने संभावना सकिइसकेको नेपालले भने यस प्रतियोगितालाई आगामी सागको तयारीका रुपमा लिएको छ ।

सिंगापुरमा जिम्बावे सम्मिलित टि ट्वेन्टी श्रृंखला खेलेर नेपाली टोली दोस्रो टि ट्वेन्टी श्रृंखला खेल्न ओमान पुगेको हो । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.