|

इराकी राजधानी बग्दाद र इराकका अरू प्रान्तमा भडकिएको सरकार विरोधी प्रदर्शनका क्रममा मारिने व्यक्तिको संख्या १०० जना पुगेको छ। इराकी मानव अधिकार आयोगका अनुसार शनिबारसम्ममा झण्डै चार हजार व्यक्ति घाइते भएका छन्।

इराकी मानव अधिकार आयोगका सदस्य अलि अल-बायाटीले बग्दाद र अरू प्रान्तका मुख्य शहरहरूमा चार दिनदेखि जारी हिंसामा सुरक्षाकर्मीसमेत ९९ जनाको ज्यान गएको बताए।

उनले आन्दोलनमा संलग्न झण्डै तीन हजार ९९१ जना घाइते भएको पनि जानकारी दिए। यी घाइतेमध्ये अधिकांश आन्दोलनकारी रहेका छन्। बायाटीले हिंसात्मक झडप रोकिने स्थितिमा अझै नरहेको बताए।

गत  मंगलबारदेखि बग्दाद र मुलुकका अन्य ठूला शहरमा निरन्तर प्रदर्शन भइरहेको छ। उनीहरू बेरोजगारी बढेको, आधारभूत सेवाबाट आमजनता बिमुख रहेको तथा सरकारमा भ्रष्टाचार व्यापक बढेको भन्दै प्रदर्शनमा उत्रिएका हुन्।

गत शुक्रबार बिहान इराकी प्रधानमन्त्री अदेल अब्दुल माहदीले प्रदर्शनकारीलाई शान्त रहन र वार्तामा आउन आग्रह गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.