|

काठमाडौं : सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई प्रकाउ गर्ने तयारीमा प्रहरी रहेको छ।

यौन दुर्व्यहारको आरोप लागेर सभामुखबाट राजीनामा दिएका महरालाई पक्राउ गर्न अदालतले अनुमति दिएसँगै प्रहरी पक्राउको तयारीमा रहेको छ।

शुक्रबारदेखि नै प्रहरीको निगरानीमा रहेका महरालाई आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतले पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनमति दिएको थियो।

महराले संघीय संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीलाई यौन दुर्व्यवहार गरेको उजुरी परेको छ। बानेश्वर वृत्तमा महराविरुद्ध गत शुक्रबार उजुरी परेको हो।

महराले गत आइतबार रोशनीको कोठमा गएर यौन दुर्व्यवहार गरेको सार्वजनिक भएको थियो।

राजीनाम दिए पनि सभामुखको सरकारी निवासमा नै रहेका महरालाई प्रहरीले पक्राउको तयारी गरेको स्रोतले बताएको छ।

पक्राउ पूर्जी जारी भएसँगै सभामुख निवासमा प्रहरीको हलचल बढेको छ।

सभामुख निवासको गेट बन्द गरिएको छ। प्रहरीहरू बाहिर भित्र गरिरहेका छन्। सभामुख निवासमा रहेको सुरक्षा स्रोतले बताएअनुसार पक्राउबारे महरालाई जानकारी दिने तयारी भइरहेको छ।  

सम्बन्धित समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.