|

  • जङ्ग तामाङ-

पाँचथर : आठौँ फाल्गुनन्द गोल्डकपको उपाधि झापाको विर्ता युनाइटेड क्लबले जितेको छ। आइतबार भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लबलाई २–१ ले पराजित गर्दै विर्ताले उपाधि जितेको हो।

उपाधिसँगै विर्ता युनाइटेडले २ लाख ५० हजार रुपैयाँ र उपविजेता कर्णसिं सोनाम क्लबले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको फाइनल खेलमा दोश्रो हाफको २७ औँ मिनेटमा विर्ता युनाइटेडका योगेश गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाए। तर, खेल सकिन २ मिनेट बाँकी हुँदा ताप्लेजुङका रोजिन धिमालले फ्रि किक मार्फत गोल गरेर खेल बराबरीमा ल्याए। थपिएको १५ मिनेटको समयमा विर्ता युनाइटेडका लागि वुद्ध चेम्जोङले गोल गरेर टिमलाई विजयी बनाए।

खेलको उत्कृष्ट डिफेन्डरमा झापाका देवेन्द्र तामाङ, उत्कृष्ट गोल रक्षकमा मनिष प्रधान, उत्कृष्ट फरवार्डमा विकेश लिम्बु, सर्वोत्कृष्ट खेलाडीमा योगेश गुरुङ, धेरै गोल गर्ने कर्ण लिम्बु, उत्कृष्ट मिडफिल्डर निराजन खड्का, उदीयमान खेलाडी शरण बस्नेत र उत्कृष्ट प्रशिक्षक नगेन्द्र लिम्बु घोषित भए।

प्रत्येक वर्ष राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको स्मृतिमा  फिदिम स्पोर्टिङ क्लवले गोल्डकप आयोजना गर्दै आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.