|

जनकपुरधाम : यहाँको ऐतिहासिक तथा प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा यस बर्ष बलिप्रदान घटेको छ । गत वर्षको तुलनामा ३६४ कम बलि चढेको हो ।

पूजा आयोजक महावीर युवा कमिटीका अध्यक्ष संतोष साहका अनुसार यसबर्ष १४ हजार ६३३ बोकाको मात्र बलि प्रदान गरिएको छ । गत वर्ष भने १४ हजार ९९७ बोकको बली प्रदान गरिएको थियो ।

राजदेवी मन्दिरमा आइतबार राति ८ बजेबाट सुरु भएको बलिप्रदान  सोमबार बिहान सकेको छ। यसवर्ष बलिप्रदानका लागि ४ ठेहामा २० जना परिचालन गरिएको थियो। यहाँ बलीप्रदान कार्य सकेपनि तराई मधेसका अन्य शक्तिपीठहरुमा बलिप्रदान जारी छ । 

जनकपुरको राममन्दिरमै रहेको राजदेवी मन्दिरलाई झकिझकाउ पारिएको छ। मन्दिरमा पूजापाठ गर्नेहरुको ठूलो भिड लागेको छ। महिला र पुरूषको अलग अलग लाइन लगाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.