|

म्याग्दी : दशैं सामिप्यता र आत्मीयता  गाँस्ने पर्वका रुपमा पनि मानिन्छ। गाउँघर छोडेर लामो समय विदेश वा शहरमा बसेका व्यक्तिहरु दशैंको मौकामा जव गाउँघर फर्किन्छन् उनीहरुएकापसमा गफिन र मनोरञ्जन गर्न रुचाउँछन्।

यसरी एकापसमा गफिन,वर्षभरीको प्रगति,दुःख सुःख साटासाट गर्दै चिसो हावामा स्वच्छन्द भएर रमाउन धेरैलाई मन लाग्छ। त्यसका लागि गाउँगाउँमा रहेका चौतारीहरु धेरैको रोजाइमा पर्ने गर्छन। तर, विकासका नाममा जथाभावि खनिएका मोटरबाटोका कारण यस्ता अमूल्य सम्पदा मानिएका चौतारीहरु नासिदै गएका छन्। जति बचेका छन्,ती चौतारीहरु दौतरीहरुको प्रिय स्थल बनेका छन्।

छेवैमा खनिएको मोटरबाटोबाट बल्लबल्ल बचेको बेनी नगरपालिका २ फापरखेत कन्थराजथानको चौतारी यहाँको आकर्षण मात्रै होइन सवैको भारी विसाउने गतिलो आश्रयस्थल समेत बनेको छ।कन्थराज थानको यो चौतारीको इतिहाँस निकै पुरानो छ।

करिव २०० वर्ष पहिले निर्माण गरिएको यो चौतारी स्थानीय युवाहरुले समयसमयमा मर्मत गरी अझसम्म संरक्षण गरेका छन्। नजिकै रहेको युवा क्लव र आमा समूहको भवन र त्यहाँ हुने कार्यक्रममा पनि  यो चौतारीले निकै शोभा दिने गरेको स्थानीय समाजसेवी भीमवहादुर पौडेल बताउँछन्।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.