समाज

अर्घाखाँचीमा जीप दुर्घटना, तीनको मृत्यु, पाँच गम्भीर घाइते
SHARES

फाइल फोटो
असोज २०, २०७६

    अर्घाखाँची : अर्घाखाँचीमा सोमबार भएको जीप दुर्घटनामा तीनको मृत्यु भएको छ। कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको जीप दुर्घटनामा परेको हो।

    लु१ज ४३२९ नम्बरको जीप दिउँसो करिब सवा १ बजे अर्घाखाँचीको नरपानी रातामाटामा दुर्घटनामा परेको हो। दुर्घटनामा ज्यान गुमाएकाको सनाखत हुन सकेको छैन। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

    दुर्घटनामा अन्य पाँचजना गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको प्रदेश-५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। जीप सडकबाट झण्डै एक किलोमिटर तल खसेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]