|

कालीकोट : कर्णाली राजमार्गको भर्ता गाविसमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मान्म–१ का देव नेपाली र प्रेम नेपाली रहेको प्रहरीले जनाएको छ।

कर्णाली नदीबाट बालुवा बोकेर मान्म आउँदै गरेको लु.१ त ५७२२ नम्बरको ट्याक्टर बेलुकी ८ बजे सेरीघाट भन्ने स्थानमा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज कविराज सेन्चुरीले बताए। 

मृतक दुवै बालुवा लोड गर्ने मजदुर भएको प्रहरीले बताएको छ। ट्याक्टर चालक भने सामान्य घाइते भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.