|

इंग्ल्यान्डको क्रिकेट टिमको नयाँ मुख्य प्रशिक्षकमा ४४ वर्षीय क्रिस सिल्भरउड नियुक्त भएका छन्। गत महिना आफ्नो करार सकिन लाग्दा मुख्य प्रशिक्षक ट्रेभोर बेलिसले राजीनामा दिएका थिए।

क्रिसले विगत दुई वर्षदेखि बेलिसको नेतृत्वमा इंग्ल्यान्ड टिमको तिब्र गतिको बलिङसम्बन्धी प्रशिक्षकको भूमिका निर्वाह गरिरका थिए।

सिल्भरउडको नेतृत्वमा इंग्ल्यान्डले पहिलो प्रतियोगिता न्यूजिल्यान्डसँग हुनेछ। न्यूजिल्यान्डमा आगामी नोभेम्बरमा हुने यस शृंखलामा टी२० को पाँच खेल र दुई वटा टेस्ट हुनेछन्।

इंग्ल्यान्ड टिमको प्रशिक्षकका लागि पूर्व भारतीय तथा दक्षिण अफ्रिकी प्रशिक्षक ग्यारी कस्र्टन र सरेका क्रिकेट निर्देशक अलेक स्टेवार्ट पनि प्रतिस्पर्धामा थिए, तर अस्ट्रेलियाली बेलिसले इंग्ल्यान्ड टिमको प्रशिक्षक बन्ने मौका पाएका छन्।

इंग्ल्यान्ड क्रिकेट टिमका व्यवस्थापन निर्देशक आस्ले जाइल्सले इंग्ल्यान्डको टिमलाई अघि बढाउन बेलिसको नियुक्ति निकै महत्वपूर्ण रहेको बताए। उनले इंग्ल्यान्डको टेस्ट टिमका कप्तान जो रुट र एकदिवसीय एवं टी-२० टिमका कप्तान इओन मोर्गनसँग बेलिसको सम्बन्ध अत्यन्त घनिष्ट रहेकाले पनि इंग्ल्यान्ड टिममा मनोबल उच्च बनेको प्रतिक्रिया दिए।

नवनियुक्त प्रशिक्षक सिल्भरउडले नयाँ कार्यभार सम्हाल्न आफू उत्साहित रहेको बताएका छन्। इंग्ल्यान्ड टिममा प्रतिभाशाली खेलाडी रहेका र त्यसलाई अझ समुन्नत बनाउन सकिने पनि उनले बताए।

इंग्ल्यान्डले गत जुलाईमा पहिलोपटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेर इतिहास बनाएको थियो। तर अस्ट्रेलियासँगको पछिल्लो टेस्टमा २–२ को बराबरी खेल्न बाध्य भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.