|

मकवानपुर : वर्षौंसम्म खानेपानीको समस्या झेल्दै आएका मकवानपुरको हाँडीखोलाका बासिन्दा अहिले आँगनमै पानी आन थालेपछि निकै खुशी छन्। पानीका लागि लाग्ने ३\४ घण्टा समय आर्यआर्जनमा लगाउन पाएपछि उनीहरू दंग छन्। 

खानेपानी तथा ढल निकास विभाग तथा डिभिजन खानेपानी कार्यालयको सहयोगमा सम्पन्न सिमलताल खानेपानी आयोजनाबाट हाँडीखोला–३ र ४ का करिब ३ सय घरधुरी लाभान्वित भएका छन्। यहाँ तामाङ समुदायको बाहुल्य छ। हालसम्म २ सय ५० वटा धारा वितरण भएको सिमलताल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हिरालाल स्याङ्तानले जानकारी दिए।

‘वर्षौंदेखि खोल्साको धमिलो र फोहोर पानी खान बाध्य यहाँका बासिन्दालाई धेरै राहत मिलेको छ’, उनले भने, ‘अहिले आँगनमै २४सै घण्टा पानी आउँछ। २०६५ सालमा सुरु भएको आयोजना २०७० मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि भर्खरै सम्पन्न भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.