|

दाङ : दाङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ।

आपसी विवाद हुँदा कुटपिटबाट एक युवाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सोमबार दिउसो करिब पौने १ बजेतिर घोराही उपमहानगरपालिका १५ शुष्मारोड बस्ने ३२ वर्षीय इन्द्रबहादुर रावतलाई घोराही ५ बसन्तापुर निवासी १९ वर्षीय राजकुमार केसीले चिरपटले हान्दा केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए।

मादक पदार्थ सेवन गरी दुुई जनाबीच बिबाद भएको र आपसमा बिबाद हुँदा केसीले रावतलाई टाउकोमा हानेको र रावतको घटना स्थलमै मृत्यु भएको उनले जानकारी दिए। शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको प्रहरीले जानकारी दिएको छ।

कुटपिट गर्ने केसीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको शाहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.