भक्तपुर : मध्यपुर थिमि १ लोकन्थलीस्थित मनोहरा करिडोरमा पार्क गरिराखेको बसमा अचानक आगलागी भएको छ। करिब एक महिनादेखि मनोहरा करिडोरको ११ मिटर सडक खण्डमा रोकिराखेको बा २ ख ६२३० नम्बरको बसमा सोमबार राति आगलागी भएको हो।
आगलागीबाट बस पूरै जलेको छ। राति ८ बजे लागेको आगो जुद्ध वारुणयन्त्र भक्तपुरको दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासबाट नियन्त्रणमा लिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।