|

अर्घाखाँची : अर्घाखाँचीको नरपानी रातामाटामा जिप दुर्घटना हुँदा  मृत्यु हुने तीनै जनाको सनाखत भएको छ। सोमबार भएको दुर्घटनामा परि चालकसहित ६ जना गम्भीर घाइते र तीन जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा कपिलवस्तु बुद्धभूमि नगरपालीका २ का २४ बर्षिय दिलिप अधिकारीको मृत्यु भएको छ। त्यस्तै दाङ जिल्ला लमही नगरपालिका-५ आदर्शटोल मिलनचोकका ५१ वर्षीय घनश्याम खनाल र उनको श्रीमती ४६ वर्षीय श्याकला खनाल रहेका छन्।

घाइते ६ जना मध्ये ४ जनाको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ। घाइते मध्ये अर्घाखाँची भुमिकास्थान नगरपालीका १० धनचौर निवासी १९ बर्षिय सिमा रेग्मी र वहाँको १ बर्षिय छोरा आदित्य रेग्मी जिल्ला अस्पताल सन्धिखर्कमा उपचार पछि घर फर्केका छन् ।

अन्य घाइतेहरुमा कपिलवस्तु बुद्धभूमि २ का जिप चालक बिरेन्द्र श्रेष्ठ , अर्घाखाँची भुमिकास्थान  १० का ३० बर्षिय उमेस रेग्मी , भुमिकास्थान २ ढाकावाङ घर भई हाल दाङ लमही ५ मिलनचोक बस्दै आएका १२ बर्षिय अनिता खनाल र सोहि ठाँउका १६ बर्षिय बिन्दु खनालको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । घाइते १२ बर्षिय अनिता र १६ बर्षिय बिन्दु मृतक दुई दम्पतीका छोरीहरु हुन् ।

मृतक खनाल दम्पतीको ४ जनाको परिवार ढाकावाङ स्थित बृद्ध बुवाआमाको हातबाट बडादशैको टिका थाप्न आफ्नो थातथलो जादै थिए । अर्का मृतक अधिकारीको घरमा यस पटक टीका नभएपछी कपिलवस्तु बाट अर्घाखाँची ठुलापोखरा मामाघर टिका लगाउन जादै गर्दा दुर्घटनामा परि निधन भएको हो ।

गोरूसिङगेबाट सन्धिखर्क जाँदै गरेको लु१ज ४३२९ नम्बरको लंका यातायातको टाटा सोमो बलेरो जिप सन्धिखर्क ६ नरपानी रातामाटा सडकखण्डबाट करिव १ किलो मिटर भीरबाट खसेर गाडी छिदविच्छेद अवस्थामा खोलामा पुगेर दुर्घटना ग्रस्त भएको हो। घाइतेमध्ये २ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने चारजना घाइतेको भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.