|

काठमाडौं : सात समुद्रपारी रहे पनि नेपालीको मनमा चाडपर्वको रौनकले छाड्दैन। त्यसमाथि पनि दशैं र तिहारको रौनकलाई जस्तो सुकै व्यस्तताका बाबजुद पनि धुमधामले मनाउँछन्।  दशैंमा टीका लगाउने, मिष्ठान्न भोजन गर्ने र साथीभाई तथा आफन्तहरूसंग एकआपसमा झमघट हुने गर्छन।

अरु बेला कामले फुर्सद नपाउने नेपालीहरू चाडपर्वलाई एक आपसमा भेटघाटको अवसर पनि बनाउँछन। त्यसबाट नेपालको पूर्वराष्ट्रिय खेलाडी एवं प्रशिक्षकहरू समेत अछुतो रहँदैनन्। उनीहरूको पनि आफ्नै योजनाहरू छन्।

टिका लगाउने साईतमा भने कमैले लगाउने मौका पाउँछन। नेपाल र उताको समयको तालिका मिल्दैन। तर यस वर्ष अन्तराष्ट्रिय पञ्चाङग समितीले विदेशमा रहने नेपालीहरूको लागी समेत साइत तोकिदिएको छ। जसले केही राहत मिलेको छ।

नेपालमा टिका साइत भरखरै हुँदै गर्दा अमेरिकामा बसोबसा गर्ने नेपालीहरूले टिका लगाइसके। एउटा राज्यबाट अर्को राज्यमा गएर साथीभाई भेला भएर समेत नेपालीले दशैं मनाउँछन। अमेरिकामा रहेका नेपालका पूर्वराष्ट्रिय फुटबल खेलाडी र प्रशिक्षकको दशैं अनुभव

प्रलय राजभण्डारी : राष्ट्रिय पूर्वफुटबलर

२ वर्ष नेपाली राष्ट्रिय फुटबल टिममा बिताएका प्रलयराज भण्डारी हाल अमेरिकामा छन्। यस वर्षको दशैंको समेत उनको योजना अरु वर्ष झै छ। साथीभाई माझ घुम्ने र रमाइलो गर्ने। १३ वर्ष भयो परिवारको साथमा उनले दशैं नमाएको।

‘ परिवारको साथ नहुँदा खल्लो लाग्छ मेसेन्जरमा कल गरेर टिका लगाउँदै आएको छु।’ उनी भन्छन्। न्युयोक नेपाली फुटबल क्लब (एनवाइएनफसी) का सदस्यहरूमा भेला भएर खसी काटेर दशैं मनाएको उनले बताए।

दिपक अमात्य : पूर्वकप्तान, नेपाली फुटबल  टिम

यस वर्ष नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान दिपक अमात्य दशैं मनाउने छैनन्। हरेक वर्ष नेपाल आएर नै दशैं मनाउने गरेका थिए। तर गत फ्रेव्रुअरीमा उनका बुवाको निधन भएपछि यस वर्षको दशैंमा उनले टिका लगाउने छैनन्। 

साथीभाईहरूको जमघटमा गएर दशैंको रौनकमा साथ दिने उनले बताए। अमात्यले सन १९९७ देखि सन २००१ सम्म नेपाली टिमलाई कप्तानी गरेका थिए। न्युहेम्पसायरमा बसोबास गर्ने उनी सन २००२ देखि अमेरिकामै छन्।

लक्ष्मी पौडेल :  पूर्वमिडफिल्डर, नेपाली राष्ट्रिय महिला टिम

नेपाली राष्ट्रिय महिला टिममा ६ वर्ष विताएकी लक्ष्मी पौडेल हाल अमेरिकामा छिन्। रौतहटको बागमती स्थायी घर भएकी उनको दशैं यस वर्ष अमेरिकामै हुँदैछ। न्युयोकमा रहेकी उनवी परिवारसंग नहुँदा पनि साथी भाई माझ दशैं मनाउने बताउँछिन्।

‘५/६ दिन साथीहरूसंगै रमाइलो गरेर दशैं मनाइन्छ। के गर्नु बाबु आमासंग हुँदा जस्तो हुन्न तै पनि अग्रजको हातको टिका लगाउँदै आएको छु। ’साथीभाई मिलेर विभिन्न परिकार बनाएर दशैं मनाउँदै आएको उनी बताउँछिन्। 

प्रदीप हुमागाईं : पूर्वप्रशिक्षक, थ्रीस्टार क्लब

थ्रीस्टार क्लबलाई २०६९ सालको शहिद स्मारक लिग दिलाएका प्रदिप हुमागाईले परिवारको साथ दशैं नमनाएको ६ वर्ष भयो। अमेरिकाको पेन्सलभेनिया बसोबास गर्ने उनी वर्षमा एक पटक नेपाल आउँछन तर कहिले पनि दशैंको समयमा बाबु आमासंग मनाउन पाउँदैनन।

दशैंको समयमा  उनले सम्हालकेको अमेरिकाको क्लबको खेल हुने गर्छ।  ‘सबै कुरा छाडिन्थ्यो होला तर फुटबललाई माया मार्न सकिन्न त्यसैले दशैं भन्दा फुटबललाई अलिक बढी प्राथमिकता दिए’ उनी भन्छन् ‘ खेल हुँदा त केही याद हुन्न तर ट्रेनिङपछि रुम आएर फेसबुकमा साथीहरूले परिवारसंग टिका लगाएको फोटो देख्दा आँखा रसाउँछन्।’

उनी खेलको कारण यस वर्ष साथीभाईहरूसंग समेत बिताउन पाएनन्। ‘नजिकै चिनेको कोही पनि नेपाली छैनन्’उनी भन्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.