फिचर : फोटो फिचर

राष्ट्रपतिबाट प्रधानमन्त्री, विशिष्ट व्यक्तिसहित सर्वसाधारणलाई टीका [फोटो फिचर]
SHARES

तस्वीर : रासस
असोज २१, २०७६

    काठमाडौं : राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दशैंको टीका लगाइ दिएकी छन्।

    राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन सितल निवास पुगेका  प्रधानमन्त्री ओलीलाई बडा दशैंको टीका, जमरा र जमराको माला लगाई दिइन्। त्यसैगरी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यलाई पनि टीका लगाई दिइन्।

    उनले प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरू, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई दशैंको टीका लगाई दिइन्।

    अहिले यो समाचार तयार पारुन्जेल राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन सितल निवासमा सर्वसाधारणलाई पनि टीका लगाई रहेकी छन्। यसअघि उनले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा आमा मिथिला पाण्डेबाट दशैंको टीका ग्रहण गरेकी थिइन्।उनले छोरी उषाकिरण र निशाकुसुम दम्पत्तिका साथै अन्य आफन्तलाई पनि ६ीका लगाएकी थिइन ।

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]