|

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन्। 

निमोनिया र स्वास-प्रस्वासमा समस्या देखिएपछि उनलाई बुधबार बिहान चावहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको छ। उनको आईसियूमा राखेर उपचार भइरहेको छ ।

महामन्त्री कोइराला अस्पताल भर्ना भएको खबर पाएपछि उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा अस्पताल पुगेका छन्। यस्तै, अन्य नेता तथा कार्यकर्ताहरू पनि स्वास्थ्य स्थितिबारे जानकारी लिन अस्पताल पुगेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.