|

‍दक्षिण भारतको तमिलनाडु राज्यमा सेल्फी फोटो खिच्ने क्रममा चारजनाको मृत्यु भएको छ। एक नवविवाहित महिला र परिवारका तीन अन्य सदस्यले सेल्फी फोटो खिच्ने क्रममा एउटा सरोवरमा डुबेर ज्यान गुमाएको प्रहरीले बताएको छ।

छ जनाको समूहले एक आपसमा हात समातेर पाम्बार बाँधमा कम्मरसम्म पानी जम्मा भएको ठाउँमा उभिएर सेल्फी खिच्दै गर्दा एकजना अलि गहिरो स्थानमा पुगेका थिए। ती व्यक्ति चिप्लिए र उनले अन्यलाई पनि तानेको बताइएको छ। ती महिलाका पतिले आफ्नी बहिनीलाई बचाउन भ्याए तर बाँकी सबै डुबेका बीबीसीले जनाएको छ।

द हिन्दू पत्रिकाका अनुसार कृष्णागिरीको बार्गुरका नवविवाहित जोडी उथानगराइ भन्ने ठाउँमा रहेका आफन्त भेट्न गएका थिए। तीनजना पानीभित्र पसेका थिए र साथमा तीन किशोर–किशोरी पनि थिए।

सन् २०११ र सन् २०१७ मा विश्वभर भएका सेल्फी मृत्युको सङ्ख्या २५९ थियो जसमध्ये आधा भारतमा भएको थियो । भारतपछि धेरै सेल्फी दुर्घटना हुने देशहरूमा रुस, अमेरिका र पाकिस्तान पर्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.