|

यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना स्वीस वैज्ञानिक र एकजना क्यानाडाली–अमेरिकी वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गर्ने घोषणा गरिएको छ। उनीहरूलाई खगोलशास्त्रको अध्ययनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै पुरस्कृत गरिएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ।

पुरस्कृत हुनेहरूमा स्वीस वैज्ञानिकहरू माइकल मायोर र डिडियर क्वुलोज तथा अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका प्राध्यामक जेम्स पिबल्स रहेका छन्।

जेनेभा विश्वविद्यालयले प्राध्यापकद्वयका तर्फबाट जारी गरेको विज्ञप्तिमा पुरस्कारको निर्णय निकै असाधारण र विशेष रहेको बताएको छ। विश्वविद्यालयले विज्ञप्तिमा भनेको छ, ‘दुवै स्वीस वैज्ञानिकले खगोल विज्ञानमा अदभूत योगदान गर्नुभएको छ। उहाँहरूले वर्तमान सौर्यमण्डल बाहिर पनि अर्को ग्रह रहेको पहिलोपटक पत्ता लगाउनुभएको थियो। यो ग्रहको नाम ५१ पेगासी बी राखिएको छ।‘

अहिले वर्तमान सौर्यमण्डल बाहिर झण्डै २,००० ग्रह रहेको पत्ता लागिसकेको छ।

यसैगरी, सन् २०१९ को चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार दुई जना अमेरिकी र एक जना बेलायती वैज्ञानिकलाई प्रदान गर्ने घोषणा गरिएको छ। उनीहरूलाई मानव शरीरका कोषहरूको खोज एवं अनुसन्धान गरेबापत उक्त पुरस्कार दिइएको हो। रक्तअल्पता, क्यान्सर र अरु प्राणघातक रोगहरूसँग लड्न नयाँ खोजले सघाउने नोबेल समितिले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.