समाज

दशैंको वर्षा : टीका थाप्न जाँदा खाेलाले बगायाे
SHARES

फाइल फाेटाे
असोज २२, २०७६

    पर्वत : पर्वतको मोदी गाउँपालिका वडा नं ६ तिलहारमा स्थानीय राती खोलाले बगाउँदा एक जनाको मृत्युु भएको छ भने एक गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा  २५ हेम्जाका ४० बर्षिय लक्ष्मण कुँवर रहेका छन्। उनकै भाइ ३८ बर्षिय खेम कुवँर घाईते भएका हुन्। 

    दशैंमा टीका लगाउनका लागि तिलहार जाँदै गरेका कुवँर दाजुभाइले ग १४ प १९३२ नम्बरको मोटरसाइकलमा चढेर खोला तार्ने क्रममा मंगलबार  राती खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।

    खोलाले मोटरसाइकल सहित दुईजनालाई बगाएको थाहा पाएपछि डिमुवा प्रहरी चौकीबाट पुगेको प्रहरी टोली र स्थानीयले उद्दार गरेका थिए। खोलाले झण्डै एक किलोमिटर तल पुर्‍याएको अबस्थामा उद्दार गरि उपचारका लागि पर्वत जिल्ला अस्पतालमा लगिएको थियो।

    अस्पतालमा लक्ष्मणलाई डाक्टरले उपचारका क्रममा मृत घोषित गरेका थिए भने खेमको कुस्मा हस्पिटल प्रालिमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।

     

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]