|

धनुषा : प्रत्येक वर्ष विजयादशमीको अवसरमा जनकपुरधाममा हुँदै आएको रावण बध कार्यक्रमसँगै यस वर्ष लंकादहन पनि गरिएको छ। 

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले कृतिम लङ्का दहन गरेका हुन्र्नु।  विजयदशमीको अन्तिम दिन मंगलबार साँझ रावणको प्रतिमा निर्माण गरी रावण बध कार्यक्रमको आयोजना गरिएको हो। १४ वर्षको वनवासपछि रावणसँग युद्धमा भगवान् रामले असत्यमाथि विजय प्राप्त गरेको खुशियालीमा जनकपुरमा रावण बध कार्यक्रम हुँदै आएको छ 

स्थानीय महावीर युवा कमिटीको पहलमा पछिल्लो छ वर्षदेखि रावणवध कार्यक्रम भइरहेको छ भने यस वर्ष पहिलोपटक लङ्कादहन गरिएको हो। विगत वर्षझैँ यस वर्ष पनि जनकपुरस्थित धनुषसागर पोखरीको पूर्वी डिलमा रावणको प्रतिमा निर्माण गरी विभिन्न खाले फटकासहितको सामग्रीमा आगो लगाई दहन गरिएको छ। प्रतिकात्मकरुपमा तयार पारिएका मानवरुपी भगवान् रामले रावण बध र हनुमानले लङ्कादहन गरेका थिए। 

रावण बध कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले भगवान् रामको जीवन सङ्घर्षका साथ अगाडि बढेको स्मरण गराउँदै सङ्घर्षपछिको फल मिठो हुने गरेको बताए।  रावण स्वयं विद्वान् रहे पनि सीता हरणका कारण भगवान् रामले बध गर्नुपरेको प्रमुख साहले बताए।

भारतसम्म मात्र सीमित रहेको यो कार्यक्रम विगत छ वर्षदेखि जनकपुरमा समेत हुँदै आएको छ। गंगासागर र धनुषसागर पोखरीको बीचमा हुने रावण बध कार्यक्रम अवधिभर सुरक्षा व्यवस्था कडा पारिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.