|

अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पविरुद्धको महाअभियोगमाथिको छानविनलाई ह्वाइट हाउसले नसघाउने भएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई गरेको विवादास्पद फोन कललाई लिएर ट्रम्प विवादमा तानिएका हुन्। 

ट्रम्पविरुद्धको महाभियोगको छानबिनमा ह्वाइट हाउसले नसघाउने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । छानबिनलाई ह्वाइट हाउसले दलीय पूर्वाग्रहपूर्ण तथा असंवैधानिक भनेको छ ।

डेमोक्र्याटका अगुवाहरूलाई एक पत्र लेख्दै ह्वाइट हाउसका वकिलले पक्षपातपूर्ण एवं उचित प्रक्रिया नअपनाइएका छानबिनमा राष्ट्रपति ट्रम्पले नसघाउने उल्लेख गर्नुभएको छ । यसअघि राष्ट्रपति ट्रम्पले युरोपेली संघका निम्ति उहाँका राजदूतलाई सदनले थालेको छानबिनमा बयान नदिन आदेश दिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.