|

काठमाडौं : नेपाल राष्ट्र बैंकले पछिल्लो आर्थि वर्ष (आर्थिक वर्ष २०७५/७६ ) मा करिब ७७ अर्ब रुपैयाँ नष्ट गरेको छ। राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्‍न निरौलाका अनुसार नष्ट गरिएका नोटको छपाइ खर्च हिसाव गर्दा ४५ करोड लागत लाग्छ। 

अघिल्लो आर्थिक वर्षमा भन्दा २० अर्ब रुपैयाँ भन्दा बढीका नोट काम नलाग्ने भएको राष्ट्र बैंकको तथ्यांक छ। आर्थिक वर्ष २०७४/७५ मा ५६ अर्ब ४० करोड रुपैयाँ बराबरको नोट काम नलाग्‍ने भएपछि जलाइएको थियो। राष्ट्र बैंकका प्रवक्ता निरौलाले लापरवाहीको कारण नेपाली नोटको आयु कम देखिएको हाे। 

५, १०, २०, ५० र १०० का नोट छपाउँदा प्रतिनोट औसत १ रुपैयाँ ६५ पैसा लागत पर्छ। त्यस्तै ५०० र १००० का नोट छपाउँदा प्रतिनोट औसत २ रुपैयाँ ६४ पैसा लागत लाग्ने गरेको निरौलाको भनाइ छ। 

यो पनि

तपाईंको बेवास्ताले सरकारलाई अर्बौको घाटा
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.