|

सप्तरी : आफ्नै बुवाको कुटपिट गरी हत्या गरेर फरार रहेका कान्छा छोरा  र मृतकका श्रीमतीलाई आज सप्तरी प्रहरीले पक्राउ गरेको छ।  

पक्राउ पर्नेमा  सप्तरीको महादेवा गाउँपालिका १ पकरी निवासी  २३ वर्षीय नहिम पमरिया र उनको ५० वर्षीया आमा जमुनी खातुन रहेको  प्रहरी नायव उपरीक्षक तिलक भारतीले  बताए।  

पारिवारीक विवादका कारण दुई दिनअघि आइतबार राति मदिराको सुरमा नहिम पमरियाले बुवालाई कुटपिट गर्दा ६२ वर्षीय मो. गफुर पमरियाको मृत्यु थियो।  मृत्यु भएपछि मृतकका कान्छा छोरा नहिम र श्रीमती जमुनी खातुन फरार भएका थिए। 

पक्राउ परेका दुबै जना आमाछोराको हत्यामा संलग्नता रहेको गाउँलेहरूले आंशका गरेपछि अनुसन्धानको लागि उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिए।

दिनहुँ मदिरा सेवन गरेर घर आउने नइमले बुवासँग झगडा गरी कुटपिट गर्दा उनको मृत्यु भएको स्थानीयबासीको भनाइ छ। यता पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको  छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.