गुणस्तरीयता कायम गर्न निर्देशन

|

काठमाडौं : काठमाडौँका विभिन्न स्थानको सडक मर्मतको बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसहित उच्चस्तरीय टोलीले अनुगमन गरेको छ। अनुगमनका क्रममा सोल्टीमोडस्थित सडकमा भेटिएका मन्त्री महासेठले मर्मत र निर्माणमा गुणस्तरीयता कायम गर्न आफूले निर्माण पक्षलाई निर्देशन दिएको बताए।

सोहीस्थलमा मन्त्रीका साथ पुगेका सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले काठमाडौं उपत्यकाको सडक मर्मत हरेक वर्ष मनसुनपछि नियमित हुने गरेको र हाल विशिष्ट पाहुनाको भ्रमण हुने भएकाले थप ध्यान दिइएको बताए। काठमाडौं उपत्यकाको सडक मर्मतको जिम्मेवारी सिएम कन्स्ट्रक्सनले लिएको छ।    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.