|
फाइल फाेटाे

जनकपुर : धनुषाको जनकनन्दनी गाउँपालिका ३ खजुरीमा अज्ञात समूहरले ९ वटा मोटरसाइकल र ३ साइकलमा आगजनी गरेको छ । जलेको मोटरसाइकलहरुको नम्बर खुल्न सकेका छैन ।वडा कार्यालयमा पार्किङ गरि राखिएको वडाध्यक्ष विष्णुदेव साह चढ्ने सहितका ९ मोटरसाइकल र ३ साइकल जलेर खरानी बनेको छ ।

मोटरसाइकल र साइकलमा कसले आगो लगाएको विषयमा केहि खुल्न सकेका छैन ।धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले मोटरसाइकलमा कसले आगजनी गरेको विषयमा केहि खुल्न नसकेको बताए ।

उनले मोटरसाइकल चलेको ठाउँमा विजुलीको तार सर्ट भएर खसेको देखिएकाले शंकास्पद देखिएको बताए ।उनले भने, ‘विजुलीको तार चुडिएर खसेको देखिएकाले त्यसैबाट पनि आगलागी भएको हुनसक्छ । तर अहिले ठ्याक्कै भन्न गाहे छ ।’ घटना विषयमा बुझ्न प्रहरी कार्यालय खजुरीको टोली घटनास्थल पुगेको पनि उनले जानकारी दिए ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.