काठमाडौं : पाँच देशीय टी–ट्वान्टी सिरिजको अन्तिम खेलमा नेपालले आज घरेलु टिम विरुद्ध खेल्दैछ। ओमानको अल अम्रेट क्रिकेट मैदानमा आज हुने खेल दिउँसो सवाँ ३ बजे सुरु हुनेछ।
ओमान यो प्रतियोगितामा भएका तीन खेलमध्ये तीनै खेलमा जित निकालेर बलियो टोली बनेको छ। नेपाल भने तीन खेलमध्ये दुईमा जित र एक खेलमा हार ब्यहोरेको टोली हो। जारी प्रतियोगितामा नेपाल ओमान विरुद्ध जित निकालेर सुखद अन्त्य गर्ने तयारीमा छ।
तालिकाको शीर्ष स्थानमा रहेको घरेलु टोली ओमान नेपालमाथि जित हात पार्दै सिरिज उपाधि कब्जा गर्न चाहन्छ। ओमान ३ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने नेपाल मात्र ४ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।